रेडियो गौशाला , ११३८ पटक हेरिएको

अस्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज तीन वटा खेल हुँदैछन् । पहिलो खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे बङ्गलादेश र जिम्बावेबीच हुनेछ । त्यस्तै दोस्रो खेलमा दिउँसो पौने १ बजे पाकिस्तान र नेदरल्याण्ड प्रतिस्पर्धा गर्नेछन् । अनि तेस्रो खेल भारत र दक्षिण अफ्रिकाबीच बेलुका पौने ५ बजे हुनेछ । हिजो खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ६५ रनले हराएको थियो । १ सय ६८ रनको लक्ष्य पाएको श्रीलङ्का १९ ओभर २ बलमा १ सय २ रनमा अल आउट भएको थियो ।

प्रकाशित मिति: २०२२-१०-३० , समय : १०:२१:०६ , २ वर्ष अगाडि