जसपा सम्बद्ध बौद्धिक पेशाकर्मीको भेला शनिबार

रेडियो गौशाला , ६४८  पटक हेरिएको

काठमाडौं- जनता समाजवादी पार्टी सम्बद्ध नेपाल बौद्धिक पेसाकर्मी महासंघले शनिबार भेलाको आयोजना गर्ने भएको छ ।

पार्टी सम्बद्ध प्राध्यापक, कानुन व्यवसायी, शिक्षक, पत्रकार, बैंकिङ तथा निजामती कर्मचारी, इञ्जिनियरहरुसहिको भेलाले नेपाल बौद्धिक पेसाकर्मी महासंघको समिति गठन गर्ने जसपा प्रचार विभागले जानकारी दिएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा दिनको १ बजे हुने भेलामा महासंघका पदाधिकारी, सदस्यहरु तथा घटक संघ÷संगठनका अध्यक्ष तथा पदाधिकारीहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

प्रकाशित मिति: २०२३-०२-१० , समय : ११:४८:४१ , १ वर्ष अगाडि