सन्दीपसहित नेपाली क्रिकेट टोलीको घोषणा

रेडियो गौशाला , १५०८  पटक हेरिएको

काठमाडौं- ‘आइसिसी विश्वकप लिग टु’का लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार १४–२१ फ्रेबुअरीमा घरेलु मैदानमा हुने ‘नेपाल–नामिबिया–स्कटल्याण्ड थ्री सिरिज’ खेल्ने नेपाली टोलीको सूची सार्वजनिक गरेको हो ।

उक्त खेलमा पूर्व कप्तान सन्दिप लामिछाने सहभागी हुने भएका छन् । नाबालिग बालिका बलात्कारको आरोपमा मुदा खेपेर हालै थुनामुक्त भएका लामिछाने रोहित पौडेलको कप्तानीमा सहभागी हुने भएका हुन् ।

जसअनुसार कुशल भुर्तेलको कप्तानीमा सोमपाल कामी, करण केसी, आशिफ शेख, ललित राजबंशी, ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, कुशल मल्ल, गुल्शन झा, दिपेन्द्रसिह ऐरी, भिम सार्की, सन्दिप जोरा, सुर्य तामाङसहित रहेका छन् ।

सार्वजनिक तालिका अनुसार नेपालले फागुन दुई र ६ मा नामिबिया तथा फागुन पाँच र ९ मा स्कटल्यान्डसँग खेल्नेछ । यसैगरी स्कटल्यान्ड र नामिबियाले फागुन तीन र आठमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: २०२३-०२-१० , समय : ११:५०:१४ , १ वर्ष अगाडि