राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि गौशाला नगरपालिकाले वडा आनुसार समय दिए

रेडियो गौशाला , ४५२६  पटक हेरिएको

बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशाला नगरपालिकाले राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलनको लागि वडा अनुसार समय दिने भएको छ ।

शुक्रबार एक सुचना निकाल्दै अत्यधिक चापका बढेका कारण व्यवस्थापन गर्न कठिनाई भएपछि फाल्गुन १ गते देखि दैनिक दुई वडा विभाजन गरि एक वडाबाट जम्मा २० जनाले आ–आफ्ना वडाबाट निःशुल्क सिफरिस लिई गौशाला नगरपालिकामा रहेको रष्ट्रिय परिचयपत्र विवरण संकलन केन्द्रबाट सेवा प्रदान गर्न सक्ने व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०२-१२ , समय : ०९:२६:२५ , ३ वर्ष अगाडि