रेडियो गौशाला ,

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिले आएको संघीयता कसैले दिएको भिख नरहेको बताएका छन्।
सोमबार गृह तथा सञ्चार मन्त्रालयले आयोजना गरेको जनयुद्ध दिवस समारोहमा मुख्यमन्त्री यादवले काठमाडौँमा बस्ने केही मन्त्रीले संघीयता विरोधी अभिव्यक्ति दिएपछि उनले आपत्ति जनाएका हुन्।
उनले हजारौँको बलिदानीपश्चात् संघीयता आएको भन्दै माओवादी पनि संघीयताको पक्षधर पार्टी रहेकाले संघीयता संस्थागत गर्न आग्र गरे।
उनले भने, ‘आज प्रधानमन्त्री त्यसै पार्टीको छ। प्रहरी समायोजन, नागरिकता समस्या समाधान छिट्टै समाधान गराेस्। अहिले यो समायोजन भएन भने फेरि समस्या हुन्छ।’
प्रकाशित मिति: २०२३-०२-१३ , समय : २०:२९:२४ , १० महिना अगाडि