मधेश सरकारले मनायो जनयुद्ध दिवस, ५४० जना सहिद परिवारलाई एक लाख रुपैयाँ प्रदान

रेडियो गौशाला , ७३९  पटक हेरिएको

जनकपुरधाम- उपराष्ट्रपति वर्षमान पुनले वृहत् शान्तिसंझौता भएको १६ वर्ष पुगिसक्दा पनि दुईवटा काम अझै बाँकी रहेको बताएका छन् ।

सोमबार मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले आयोजना गरेको जनयुद्ध दिवसको अवसरमा बोल्दै उपराष्ट्रपति पुनले शान्ति संझौताको मुख्य गरी दुईवटा काम अझै बाँकी रहेको बताए । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगमार्फत गर्नुपर्ने कामा सम्पन्न नभएका उनले बताए । आयोग र सरकारको ध्यानाकर्षण गराउँदै शान्ति संझौताको बाँकी कामलाई छिटो टुंगोमा पु¥याउन उनले आग्रह गरे ।

त्यस्तै, मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले पहिचान सहितको संघीयता चाहेको प्रदेश भनेको मधेस प्रदेश मात्र रहेको बताउनुभयो । मुख्यमन्त्री यादवले हालै सम्पन्न चुनावबाट जितेका केहि नेताहरु केन्द्रमा बसेर प्रदेश र सघीयताको बिरोध गर्दै गरेको ले त्यस्ता नेताहरुलाई मधेस र मधेसी जनता रहुन्जेल संघीयता रहिरह्ने र कसैले चाहेर पनि संघीयता हटाउन नसक्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा मधेश प्रदेश सरकारले ५४० जना सहिद परिवारलाई एक लाखको दरले रुपैयाँ हस्तान्तरण गरेको छ । उपराष्ट्रपति पुनले जनयुद्धका सहिद रामवृक्ष यादवका परिवारका सुधा यादवलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन् । बाँकी सहिद परिवारलाई खातामै रुपैयाँ पठाइने गृह तथा सञ्चार मन्त्रालयका सचिव राम कुमार महतोले जानकारी दिए ।

प्रकाशित मिति: २०२३-०२-१३ , समय : २०:४१:११ , २ वर्ष अगाडि