माघ महिनामा पर्सा प्रहरीमा १९० उजूरी दर्ता

रेडियो गौशाला , ७२९  पटक हेरिएको

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय, पर्सामा गत माघ महिनामा १ सय ९० वटा उजूरी दर्ता भएका छन्। पुस महिनामा १ सय ७० वटा उजूरी दर्ता भएका थिए।

माघ महिनामा सबैभन्दा बढी बैंकिङ कसुरका ५५ वटा उजूरी दर्ता भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए। यस्तै अभद्र व्यवहारका ४७, लागुऔषधका ३० तथा झुण्डिएर मृत्यु भएका २५ वटा उजूरी दर्ता भएका शाहले बताए।

यस्तै, भवितव्य ज्यानका ९, चोरीका ८, ज्यानसम्बन्धी ६, हुण्डी कारोबारका ३ तथा जबर्जस्तीकरणीको एउटा उजूरी दर्ता भएको छ।

प्रकाशित मिति: २०२३-०२-१५ , समय : ०८:३२:५० , १ वर्ष अगाडि