प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा राप्रपाको जोड ।।

रेडियो गौशाला , ९३८  पटक हेरिएको

राप्रपाले आज बिहान साढे ११ बजे चुनाव लक्षित घोषणापत्र सार्वजनिक गर्ने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौँस्थित एक बैंक्वेटमा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्णसमानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्था, भ्रष्टाचार रोक्ने र सम्पत्ति छानबिन गर्न नागरिक आयोग गठन गर्नेजस्ता विषय घोषणापत्रमा समावेश गरिएको छ ।

प्रकाशित मिति: २०२२-१०-३१ , समय : १२:०५:१० , २ वर्ष अगाडि