यातायात व्यवस्था कार्यालय जनकपुरबाट २० हजारमा लाइसेन्स पाइने गरेको एमाले सांसदको दाबी

रेडियो गौशाला , ६१८  पटक हेरिएको

जनकपुरधाम- नेकपा एमाले मधेस प्रदेशका सांसद दीपेन्द्रकुमार ठाकुरले यातायात व्यवस्था कार्यालय जनकपुरमा चरम भ्रष्टाचार भइरहेको दाबी गरेका छन् ।

मंगलबार बसेको प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौँ बैठकमा बोल्दै प्रदेशसभा सदस्य ठाकुरले यातायात व्यवस्था कार्यालय जनकपुरमा लाइसेन्स वितरणमा भइरहेको व्यापक भ्रष्टाचारको अन्त्य गर्न माग गरेका हुन् ।

उनले भने, ‘जनकपुर यातायात कार्यालयमा ७७ वटै जिल्लाका मान्छे लाइसेन्स लिन आउँछन् । यातायात कार्यालयको डाटा हेर्दा महिनामा ५ हजार लाइसेन्स वितरण भइरहेको छ । यो ५ हजार लाइसेन्समा करिब १० करोड भ्रष्टाचार भएको होला ।’

यातायात व्यवस्था कार्यालय जनकपुरबाट २० हजार रुपैयाँमा लाइसेन्स पाउने गरेकोसमेत उनले आरोप लगाए ।

प्रकाशित मिति: २०२३-०२-१५ , समय : ०८:४८:०८ , १ वर्ष अगाडि