सवारी दुर्घटनामा डेढ वर्षीय बालकको मृत्यु

रेडियो गौशाला , ५७९  पटक हेरिएको

पर्सा — ई-रिक्सा दुर्घटनामा वीरगन्जमा डेढ वर्षीय बालकको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका १० टाउनहल नजिकै सडकमा मंगलबार दिउँसो ३ बजे ३५ वर्षीय रामसुन्दर दास तत्माले चलाइरहेको ना १ ह ३७४० नम्बरको ई-रिक्सा घुम्तीमा अनियन्त्रित भई पल्टिएको थियो ।

ई-रिक्सामा सवार जिल्ला वीरगन्ज १० पानीट्यांकीका राजीवकुमार माली र उनका डेढ वर्षीय छोरा रिषभ मालीको टाउको तथा नाकमा गम्भीर चोट लागेको थियो ।

दुर्घटनालगत्तै प्रहरी चौकी आदर्शनगरबाट खटिएको प्रहरी टोलीले दुवै घाइतेलाई उपचारका लागि वीरगन्जस्थित एडभान्स अस्पतालमा पुर्‍याएको थियो ।

बालक रिशव मालीको नाकबाट रगत बन्द नभएको हुँदा उनलाई थप उपचारका लागि नेसनल मेडिकल कलेज वीरगन्जमा भर्ना गरिएकोमा उपचारकै क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक रामसुन्दर दास तत्मालाई प्रहरीले नियन्त्रणमा लिई कारबाही अघि बढाएको छ ।

प्रकाशित मिति: २०२३-०२-१५ , समय : ०८:५०:२३ , १ वर्ष अगाडि