रेडियो गौशाला , ६८२ पटक हेरिएको
राजविराज- सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ मंसापुरकी ४५ वर्षीय सुनिता देवी सरदारको मृत्यु भएको छ।
घरसम्म एम्बुलेन्स आउने बाटो सोही ठाउँका बैधनाथ मण्डलले घेरबार गरेपछि समयमा अस्पताल पुर्याउन नसकेपछि बुधबार बिहान् ३ बजेतिर उनको मृत्यु भएको परिवारजनले बताएका हुन।
चार महिना अघि धरानस्थित बिपि कोइराला स्वास्थ्य बिज्ञापन प्रतिस्थापनमा जन्डिसका कारण लिभरको शल्यक्रिया गराइएको उनलाई अचानक पेट दुख्न थालेपछि अस्पताल पुर्याउन खोजेको ससुरा शुक्रराती सरदारले बताए ।तर गत शनिबारदेखी मण्डलले बाटो घेरबार गरेपछि घरसम्म एम्बुलेन्स आउन नसकेको कारणले ढिलो भई यस्तो दुख घटना भएको उनले आरोप लगाए ।
राजनीतिक विवादले उक्त बाटो बन्द गरिएकाले बिरामी ओसारमा कठिनाइ भएर घटना भएको कोइलाडी बरसाइन प्रहरी चौकीका इन्चार्ज रमेश सिंहले बताए ।ञञघटनास्थलमा पुगेपछि बाटो नभएर अस्पताल पुर्याउन ढिलो भएपछि घटना भएको जानकारी पाएँ ।त्यसपछि मेरो नेतृत्वमा रहेको प्रहरी टोलीले उक्त बाटो खुलाएको छ।ूउनले भने ।
यसबारे उक्त वडाको वडा अध्यक्ष हरि नारायण मण्डललाई सोध्दा उनले बाटो बन्द भएको बारे केही थाहा नभएको बताएका छ्न।तर ससुरा शुक्ररातीले बाटो खुलाउन बारम्बार वडा अध्यक्षलाई हारगुहार गरे तापनि चासो नदेखाएको गुनासो गरे ।
मृतक सरदार एउटा छोरा,एउटी छोरी,ससुरासहित घरमा बसिरहेकी थिइन ।उनको पति रामबिलास सरदार १० वर्षदेखि वैदेशिक रोजगारीमा रहेको ससुराले बताए।
मृतक सरदारलाई सोही दिन हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ।
प्रकाशित मिति: २०२३-०२-१७ , समय : ०९:०४:१४ , २ वर्ष अगाडि