धनुषा : बिस जना फरार प्रतिवादी पक्राउ

रेडियो गौशाला , १११०  पटक हेरिएको

जनकपुरधामा- धनुषा प्रहरीले एकैदिन विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय तथा मातहतको कार्यालयबाट खटेको प्रहरी टोलीले विभिन्न मुद्दामा फरार रहेका २० जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रकाश गौतमले जानकारी दिए ।

डीएसपी गौतमले अधिकांश फरार प्रतिवादीहरु कुटपिट मुद्दाका रहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति: २०२३-०२-१७ , समय : ०९:११:०९ , २ वर्ष अगाडि