टि ट्वान्टी विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र आयरल्याण्ड खेल्दै ।।

बिष्णु यादब,गौशाला , ७१५  पटक हेरिएको

टि ट्वान्टी विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र आयरल्याण्ड खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । हिजो भएको तीन वटा खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको थियो भने अर्को खेलमा बङ्गलादेशले जिम्बावेलाई ३ रनले हराएको थियो । हिजोको अन्तिम खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले पराजित गरेको छ ।

प्रकाशित मिति: २०२२-१०-३१ , समय : १२:११:०९ , २ वर्ष अगाडि