रेडियो गौशाला , १४०६ पटक हेरिएको
बर्दिवास- महोत्तरीको बर्दिवास नगरपालिकामा जारी दोस्रो मेयर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधी माथि क्यामरुन एफ.सी काठमाडौंले कब्जा जमाउन सफल भएको छ।
प्रतियोगिताको आज सम्पन्न फाईनल खेलमा धरान फुटबल क्लबलाई हराउँदैं उपाधी जितेको हो ।
क्यामरुन एफ.सी काठमाडौंले ७ गोलको अन्तरले खेल बिजयी भएको हो । खेलमा क्यामरुन एफ.सी काठमाडौंका जर्सी नम्बर ११ का रिचर्ड विल्सनले एक्लै ४ गोल गरेका थिए । धरानको तर्फबाट कुनै गोल हुन सकेन ।
प्रतियोगितामा बर्दिवास नगपालिकाका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले बिजेता टीम क्यामरुन एफ.सीले नगद पाँच लाख रुपैया र शील्ड प्रदान गर्नुभएको छ भने उपबिजेता (दोस्रो) हुने धरान फुटबल क्लबले तीनलाख नगद पुरस्कार प्रदान गर्नुभएको नगर खेलकुद विकास समितीले जनाएको छ ।
खेलमा सर्वाधिक गोल गर्ने क्यामरुन एफ.सी काठमाडौंका जर्सी नम्बर ११ का रिचर्ड विल्सन म्यान अफ द म्याच बनेका छन् ।
प्रतियोगीतामा घरेलु टिम बर्दिवास युथ क्लब बर्दिवासले समेत प्रतिस्पर्धा जनाएको थियो । एन्फाबाट स्वीकृति लिएर बर्दिवासमा राष्ट्रिय स्तरको यो पहिलो खेल आयोजना गरिएको आयोजक नगर खेलकुद विकास समिति बर्दिवासका अध्यक्ष दीपेन्द्रकुमार शिवभक्तिले जानकारी दिनुभयो ।
प्रतियोगितामा आठ वटा राष्ट्रिय टिमले खेलमा सहभागी जनाएका थिए । वाग्मती युवा क्लब सर्लाही, वीरगन्ज युनाइटेड पर्सा, बर्दिवास युथ क्लब बर्दिवास, पेमा युवा क्लब विराटनगर, क्यामरुन एफ सी काठमाडौँ र झापा-११‚ब्वाइज युनियन क्लब काठमाडौं र धरान फुटबल क्लबले खेलमा सहभागीता जनाएका थिए ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता एभनिर एफसी क्यामरुनका जर्सी नं. ११ का खेलाडी रिचार्ड विल्सन, सर्वोत्कृष्ट रक्षक जर्सी नं. ८ का, बोयोमर, सर्वोतकृष्ट गोलकिपर जर्सी नं. ३३ का तासोह अलियन, प्रतियोगिताको सर्वोतकृष्ट खेलाडी जर्सी नं. ५ का जिनी आल्डो र सर्बोत्कृष्ट मिड फिल्डर धरान फुटवल क्लवका जर्सी नं. ८ का दोर्जे तामांगलाई प्रदान गरिएको छ।
खेलमा उत्कृष्ट खेल्ने पाँचै जना खेलाडीलाई १० हजार रुपैयाँका दरले पुरस्कार वितरण गरिएको खेलकुद विकास समितिका अध्यक्ष दीपेन्द्रकुमार शिवभक्तिले जानकारी दिए।
प्रतियोगितामा बर्दिवास नगपालिकाका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले बर्दिवासमा फुटबलमात्रै नभएर समग्र खेल र खेलाडीका लागि नगरले लगानी गर्ने बताउनुभयो ।
प्रकाशित मिति: २०२३-०२-१७ , समय : ०९:४६:२६ , २ वर्ष अगाडि