रेडियो गौशाला , १३७९ पटक हेरिएको
ब्राजिलको राष्ट्रपतिमा लुइज इनासियो “लुला“ डा सिल्भा निर्वाचित हुनुभएको छ । हिजो भएको मतदानमा वर्तमान राष्ट्रपति जैर बोल्सोनारोलाई पराजित गर्दै लुला विजयी हुनुभएको हो । निर्वाचन प्राधिकरणका अनुसार लुलाले ५०.८ प्रतिशत मत प्राप्त गर्नुभएको छ भने बोल्सोनारोले ४९.२ प्रतिशत मत प्राप्त गर्नुभएको छ । २००३ देखि २०१० सम्म लुला, धेरै भ्रष्टाचार काण्डमा मुछिनुभएको थियो भने बोल्सोनारोलाई कोरोना महामारीको दुरुपयोग गरेको र अमेजनमा वन विनाशलाई अनुमति दिएको आरोप लागेको थियो । निर्वाचित लुला वामपन्थी पूर्व ट्रेड युनियन नेता हुन् र बोल्सोनारो दक्षिणपन्थी जनवादी र पूर्व सेना कप्तान हुन् ।
प्रकाशित मिति: २०२२-१०-३१ , समय : १२:१६:२७ , २ वर्ष अगाडि