राष्ट्रिय परिचयपत्र विवरण संकलन एक दिनको लागि बन्द

रेडियो गौशाला , ९०९  पटक हेरिएको

बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशाला नगरपालिकाले सञ्चाल गरेका राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन एक दिको लागि बन्द हुने भएको छ ।

आइतबार गौशाला नगरपालिकाले फसेबूक पेजमार्फत राष्ट्रिय परिचयपत्र विवरण संकलन केन्द्रको संकलित विवरण डाटा ट्रान्सफर गर्ने जिल्ला प्रशासन कार्यालय, महोत्तरी जानुपर्ने भएकोले सोमबार सेबा बन्द रहेको जनाएको छ ।

मंगलबार ग्याल्पो ल्होसारको बिदा भएकोले बुधबारबाट पून: सेबा सुचारु रहेन राष्ट्रिय परिचयपत्र विवरण संकलन केन्द्र, गौशाला नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०२-१९ , समय : २१:२९:२५ , १ वर्ष अगाडि