महोत्तरी : भतिजले गरे काकाको हत्या

रेडियो गौशाला , ३५००  पटक हेरिएको

महोत्तरी- महोत्तरीमा भतिजोको चक्कु प्रहारबाट ७० वर्षीय काकाको मृत्यु भएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका– ३ मडै गाउँ बस्ने वर्ष ७० का शिव महराको आफ्नै भतिजोले चक्कु प्रहार गरेपछि मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पोखरेलले बताउनुभएको छ ।

३० वर्षीय बिजेन्द्र महराले गए राति चक्कु प्रहार गरेको थियो । अण्डकोष आगाडि तिघ्रामा चक्कु प्रहार गरे लगतै घटनास्थलमै काकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति: २०२३-०२-२० , समय : १२:४८:४८ , १ वर्ष अगाडि