किभका ८० प्रतिशत नागरिक खानेपानीको पहुँचबाट बाहिर ।।

रेडियो गौशाला , ८४५  पटक हेरिएको

रुसले ५० वटाभन्दा बढी क्षेप्यास्त्र प्रहार गर्दा देशभरि बिजुली तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
राजधानी किभका ८० प्रतिशत नागरिक खानेपानीको पहुँचबाट अलग भएको र साढे ३ लाख घरमा विद्युत आपूर्ति बन्द भएको मेयर भिटाली क्लित्स्कोले बताउनुभएको छ । मस्कोस्थित रक्षा मन्त्रालयले तोकिएका सबै लक्ष्यहरूमा प्रहार भएको दाबी गरेको छ ।
यसअघि रुसले गाभेको क्रिमियास्थित ब्ल्याक सी क्षेत्रमा आफ्ना पानीजहाजहरूमाथि ड्रोन हमला गरेको आरोप युक्रेनमाथि लगाएलगत्तै रुसले आक्रमण चर्काएको हो ।

प्रकाशित मिति: २०२२-११-०१ , समय : ०९:४०:०१ , २ वर्ष अगाडि