एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन सुरुहुँदै, ५३५ प्रतिनिधि काठमाडौमा

रेडियो गौशाला , ८०२  पटक हेरिएको

काठमाडौ- नेपाल विद्युत प्राधिकरणमा कृयाशिल एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन आजबाट काठमाडौमा सुरु हुँदै छ ।

महाधिवेशनमार्फत १७ पदाधिकारीसहित १२१ जनाको केन्द्रीय कार्यसमिति चयन हुनेछ । हाल युनियनको नेतृत्व रामकुमार थेवेले गर्दै आइरहेका छन ।
दुई दिन चल्ने महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी ५३५ जना सहभागी हुदैछन ।

११औं महाधिवेशनको उद्घाटन पुर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । महाधिवेशनको सम्पुर्ण तयारी पूरा भएको तथा युनियनको कार्यसमिति निर्बिरोध चयन गरिने युनियनका सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख कपिल गौतमले जानकारी दिए ।

प्रकाशित मिति: २०२३-०३-१७ , समय : १०:५२:१९ , १ वर्ष अगाडि