बर्दिबासमा महोत्सव सुरु

रेडियो गौशाला , ६२२  पटक हेरिएको

बर्दिवास- महोत्तरीको बर्दिवासमा चौथो बर्दिबास महोत्सवको शुक्रबार बिधिवत उद्धाटन गरीएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन उद्धाटन गरेका हुन्।

महोत्सवको उदघाटन गर्दै उनले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न यो महोत्सवले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कोभिडका कारण बिश्वकै व्यापार व्यवसाय, पर्यटन प्रवद्र्धन, कृषि उत्पादन र वजारीकरण, उद्योग तथा कलकारखाना सबै क्षेत्र धारासायी बनेको वर्तमान अवस्थामा यस्ता महोत्सवले आर्थिक कारोवारमा टेवा पुग्ने उनले बिश्वास ब्यक्त गरे । उद्योग व्यापार र कलाको विकास गरौं, साहित्य संस्कृतिको संरक्षण गर्दै प्रबद्र्धन गरौं’ भन्ने भावका साथ बर्दिबासमा महोत्सवको आयोजना गरीएको हो ।

बर्दिबास उद्योग वाणिज्य संघ र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान महोत्तरीको संयुक्त आयोजनामा चौथो बर्दिवास महोत्सव लगाइएको बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर खड्काले जानकारी दिए । महोत्सव चैत १३ गतेसम्म सञ्चालन हुने उनले बताए ।

महोत्सव परिसरमा करिब १७० भन्दा बढी व्यापारिक स्टलहरु राखिएका छन । महोत्सव सम्पन्न गराउन ५५ लाख खर्च हुने र लाम्दानी ६० लाखको हाराहारीमा हुने अनुमान आयोजकको रहेको छ।

प्रकाशित मिति: २०२३-०३-१७ , समय : १९:२७:३३ , २ वर्ष अगाडि