प्रवेश पत्र नपाएपछि लोक सेवाको परीक्षामा सहभागी हुने परीक्षार्थी अन्योलमा

रेडियो गौशाला , ७०५  पटक हेरिएको

काठमाडौँ- प्रदेश लोक सेवा आयोग मधेस प्रदेशले आइतबार लिन लागेको लोक सेवा आयोगको परीक्षामा सहभागी हुने परीक्षार्थीहरू अन्योलमा परेका छन् ।

आयोगले पाचौं तहको परीक्षाको लागि विज्ञापन खोलेर आइतबार ५ गते परीक्षा तोकेकोमा परीक्षार्थीहरूले शुक्रबारसम्म पनि प्रवेश पत्र नपाएपछि अन्योलमा परेका हुन् ।

बुधबारदेखी सर्भरमा समस्या देखिएको हो ।

यता, मधेस प्रदेश लोक सेवा आयोग कार्यालयका सचिव नरेशराज खरेलले सर्भर डाउन भएको भन्दै समाधान गर्न प्राविधिकले काम गरिरहेको बताए । उनले सर्भर ठिक भएमा भोलि शनिबार पनि प्रवेश पत्र निकाल्न मिल्नेगरी काम गरिरहेको बताए ।

उनले भने, ‘हिजो (बुधबार) देखी सर्भर चलेको छैन । प्रविधीकहरु समस्या समाधानका लागी लागिरहनु भएको छ, आज बेलुका सम्म यो समस्या समाधान हुन्छ कि भन्ने आसामा छौ ।’

उनले विकल्पका रूपमा परीक्षार्थीहरूलाई नागरिकता लिएर आउन समेत अनुरोध गरेका छन् । ‘परिक्षार्थीहरुलाई नागरिकता लिएर आउनु भनेका छौ, अझै टाइम छ, यदि सर्भरले काम गरेन भने विकल्पका रूपमा नागरिकताको प्रयोग गर्न सकिन्छ, सबै डकुमेन्टको आधारमा समस्या समाधान गर्न सकिन्छ,‘ उनको भनाई छ ।

प्रकाशित मिति: २०२३-०३-१७ , समय : १९:३१:३० , २ वर्ष अगाडि