रामसहाय यादव उपराष्ट्रपति बनेपछि जनकपुरमा दीपावली

रेडियो गौशाला , १२५५  पटक हेरिएको

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि जनकपुरमा दीपावली गरिएको छ ।

बारा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित यादव शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भएपछि दीपावली गरिएको हो । साँझ जनकपुरमा जसपा निकट नेता कार्यकर्ताहरुले मैनबत्ती बालेर दीपावली गरेका हुन् ।

१० दलीय गठबन्धनबाट उम्मेदवार बनेका यादवले नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पराजित गर्दै उपराष्ट्रपति बनेका छन् ।

प्रकाशित मिति: २०२३-०३-१७ , समय : १९:५६:२९ , १ वर्ष अगाडि