लागूऔषधसहित का दुई जना पक्राउ

रेडियो गौशाला , १८७०  पटक हेरिएको

जनकपुरधाम- धनुषा प्रहरीले भारी मात्रामा लागूऔषधसहित दुई जनालाइ पक्राउ गरेको छ ।

आइतबार जिल्लाको मिथिला नगरपालिका–८, जमुनिवास बस्ने ३५ वर्षिय मनोजकुमार महतो र सोही ठाउँका २२ वर्षिय सुजितकुमार महतोलाई एक्सीप्लोन ९८ बोलत र नाइट्रोजम्पा ७३ पत्ता प्रतिबन्धित लागूऔषधसहित प्रक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी निरीक्षक वेदप्रसाद गौतमले विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा धनुषा र इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको संयुक्त टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको बताए ।

प्रदेश –२–०२–००३ प ७८७७ नम्बरको मोटरसाइकलमा ढल्केवरबाट महोत्तरीको बर्दिवास आगूऔषध लिएर गइरहेको बेला बीच बाटोमै उनीहरुलाई पक्राउ गरिएको हो । दुबै जनालाई जिल्ला अदालत धनुषाबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: २०२३-०३-२० , समय : ०७:३६:१७ , १ वर्ष अगाडि