सरकारमा सहभागी हुने नेपाली कांग्रेसको निर्णय

रेडियो गौशाला , ७४९  पटक हेरिएको

काठमाडौँ- नेपाली कांग्रेसले वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुनका लागि चारवटा मापदण्ड निर्धारण गरिएको छ । जसमा योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलन रहेको प्रवक्ता महतले बताउनुभयो । उहाले संविधानको रक्षा, बृहतर देशको बिकास र समृद्धि तर्फ सरकारले काम गर्ने अपेक्षा सहित सरकारमा सहभागी हुने निर्णय गरेको उहाले बताउनुभयो ।

बैठकले उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय प्रसाद यादवलाई बधाई र शुभकामना व्यक्त गरेको छ ।

प्रकाशित मिति: २०२३-०३-२० , समय : ११:५४:३१ , १ वर्ष अगाडि