प्रहरी कार्यालयमै विष सेवन गरेको अवस्थामा एकजना फेला

रेडियो गौशाला , ५९४  पटक हेरिएको

जनकपुरधाम- जिल्ला प्रहरी कार्यायल धनुषामा एकजना व्यक्ति विष सेवन गरेको अवस्थामा सिकिस्त भेटिएका छन् । धनुषाको जनकपुरधाम उपमहागरपालिका वडा नं. ४ का ४५ वर्षीय शैलेन्द्र कर्ण जिल्ला प्रहरी कार्यालयमा विष सेवन गरेको अवस्थामा साढे ४ बजेतिर भेटिएका हुन् ।

प्रहरी उपरीक्षक विश्वराज खड्काले जनकपुरकै कदमचोकबाट आफू विष सेवन गरी आएको भन्ने वयान प्रहरीमा उनले दिएको बताए । विष सेवनबाट सिकिस्त बनेका उनलाई जनकपुरको जानकी हेल्थकेयरको आइसियुमा भर्ना गरिएको छ ।

उनकी श्रीमती किरण कर्णले प्रहरीले जिल्ला प्रहरीमा विष सेवन गरेको अवस्थामा छन् भनेर प्रहरीले खबर गरेपछि आफूलाई थाहा भएको बताइन् । कर्ण दालमोटसहित भूजाको व्यवसाय गर्छन् । लेनदेनको विषयमा आज जिल्ला प्रहरी कार्यालयमा छलफलका लागि प्रहरीले बोलाएको थियो । प्रहरीले थुनिदिन्छु भन्ने लगायतको धम्की र दबाब दिएपछि विष सेवन गरेको हुन सक्ने परिवारजनको भनाइ छ ।

प्रकाशित मिति: २०२३-०३-२१ , समय : ०८:१५:०३ , १ वर्ष अगाडि