सर्लाहीमा गाँजासहित एक भारतीय पक्राउ

रेडियो गौशाला , ४२२  पटक हेरिएको

सर्लाही- विष्णु गाउँपालिका–५ फेन्हराबाट ४ किलोग्राम गाँजासहित एक भारतीय पक्राउ परेका छन्।

भारतीय नागरिक २७ वर्षीय ईन्द्रजित कुमार यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय फेन्हरा र बीओपी फेन्हराबाट खटिएको संयुक्त प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त लागूऔषध र भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । न्युज कारखाना

प्रकाशित मिति: २०२३-०३-२१ , समय : ०९:०२:०९ , १ वर्ष अगाडि