जनकपुर वडा नं. ११ का वडाअध्यक्ष र सचिव घुससहित फन्दामा

रेडियो गौशाला , १२४९  पटक हेरिएको

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष र वडासचिव घुससहित रंगेहात पक्राउ परेका छन् ।

वडाअध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय घुस सहित रंगेहात पक्राउ परेका हुन् । स्रोतका अनुसार एक सेवाग्राहीबाट लिएको करिब ५० हजार घुस रकम सहित दुबैजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

प्रकाशित मिति: २०२३-०३-२२ , समय : २१:२७:०२ , १ वर्ष अगाडि