लघुवित सहकारी संस्था खारेज गरीकाे माग गर्दै जलेश्वरमा महिलाहरूकाे प्रदर्शन

रेडियो गौशाला , २१११  पटक हेरिएको

महोत्तरी- लघुवित सहकारी संस्था खारेज गरी, लघुवित्तिय संस्थाहरुको विरुद्ध विरोध प्रदर्शनमा सहभागी बनौ भन्ने नारा सहित करिव सयजना महिला जिल्ला प्रसासन कार्यालयको मुलगेटमै आएर बुधवार प्रदर्शन गरेका छन ।
प्रमुख जिल्ला अधिकारी भेट्न मुल गेटमै आएर प्रदर्शन गरेका महिलाहरुले प्रजिअ नभेटेपछि प्रसासकिय अधिकृत अशोक अधिकारीलाई भेटेका छन्।

उनलाई लघुवित्त संस्थाहरुले कर्जा उसुलीको नाममा ज्यादती गर्न थालेकोमा ध्यानाकर्षण गराउदै ग्रामिण महिलाहरू लघुवित्तको आतंकले पिडित रहेकोमा जिल्ला प्रसासन कार्यालयबाट नै लघुवित्त संस्थाहरुलाई कार्वाही गर्न उनीहरुले मांग गरेका छन्।प्रदर्शनकारीहरुले आफुहरुले कर्जा लिएर धेरैले कर्जा तिरिसक्दा समेत लघुवित्तहरुले सो खातामा नचढाई बढी रकम असुल्ने नियतले आफुहरुलाई प्रताडित गरिरहेको बताए। धेरैले घरवार नै बिक्री गरेर समेत लघुवित्तहरुको कर्जा तिरिसक्दा पनि लघुवितहरुले हिसाबमा गडवडी गर्दै अधिक रकम उठाउने गरेको आराेप लगाएका हुन् । घर देखि खेतसम्मै पुगेर सामाजिक रुपमै अपमानित र अपहेलित गरिरहेको लघुवित्त संस्थाहरुले पैसा लएर समेत ईज्जत खोस्ने गरेको प्रति गम्भिर हुन सरोकारवाला निकायहरुलाई प्रदर्शनकारी महिलाहरुले आग्रह गरेका छन् ।

ब्यानरमा लघुवित्त संस्था विरुद्धको संघर्ष समिति लेखिएपनि प्रदर्शनकारीहरु मध्ये कोहि नेतृत्वकर्ता नभई पिडितहरुको हुलमात्र भएकोले तत्काल उनीहरुको गुनासो सुन्दै प्रसासकिय अधिकृत अधिकारीले प्रजिअलाई उनीहरुको गुनासो सुनाउने आवश्वासन दिए ।

यता पिडितहरुले पुनः पुर्ण विवरण सहितको निवेदन लिएर जिल्ला प्रसासन कार्यालयमा आउने बताएका छन्। सबै पिडितको सबै थरिको समस्या भएकोले निवेदनले समस्या समाधानमा सहज हुने भएकोले उनीहरु पुनः निवेदन लिएर आउन तयार भएकाे गाउ गाउमा लघुवित्तहरु पुगेर सुरुमा पैसा दिने प्रलोभन देखाउने र एक पटक पैसा लिईसकेपछि कुनै कारणवस पैसा तिर्न एक दुई दिनमात्र ढिलो हुदा समेत मान प्रतिष्ठा नै गुम्ने गरि गाली बेईज्जती दिने गरेको र घरपालुवा जनावर समेत खोलेर लग्ने गरेकोमा पैसा असुलीको गुण्डाशैली लघुवित्तहरुले अपनाउने गरेको प्रति प्रदर्शनकारीहरुले आपत्ति जना छन्।

कोरोनाकालमा आर्थिक मन्दी रहेको बेला कर्जा लिएकाहरुले समयमै कर्जा तिर्न नसक्दा समेत लघुवित्तहरुले सोहि बेलाको समेत व्याज मिनाहा नगरेको र जहिले पनि डर, धाक र धम्की शैलीमै पैसा असुल गर्न आउने गरेकोले आफुहरु गाउमै बस्न समेत डराएको उनीहरुले बताईए। कसैको पैसा तिर्न सकिएन भने पैसा असुलीको कानुनी आधार हुदा हुदै गुण्डा जस्तो घरमै प्रवेश गरेर घरका गाई वस्तु समेत खोलेर लग्ने गरेको, कुटपिट गर्ने धम्की दिने गरेको, अपशब्दहरु बोल्ने गरेको तथा अनेकौ हथकण्डा अपनाउने गरेकोमा लघुवित्तहरुले शैली परिवर्तन नगरे आन्दोलन नै चर्काउने उनीहरुले बताए ।

आन्दोलनकारी मध्ये एकले भनिन, व्यापार सधै राम्रो हुँदैन । कुनैमहिना राम्रो पनि हुन्छ कुनै महिना घाटा पनि लाग्छ तर बैंकले एक दिनको ढिलो समेत बर्दास्त गर्दैन । एउटै कर्जा लिदा त्यसको व्याज तिर्ने चक्करमा अर्को कर्जा र अर्कोको व्याज तिर्ने चक्करमा पुनः अर्को कर्जाको भुमरीमा हामीहरु फस्न थालेका छौं। लघुवित्तले सेवा शुल्क, व्याज सबै लिएर पनि अपमानित गर्छ भने त्यस्तोको लागि कानुन छैन , कर्जा लिएकोले तिर्नै पर्छ । तर हिसाब मै गडबडी गरेर बलजफती तिर्नु पर्ने भन्दा पनि बढी रकम तिर्न लगाउनेलाई कानुनले किन छुदैन ?

प्रकाशित मिति: २०२३-०३-२३ , समय : ०८:४७:०८ , १ वर्ष अगाडि