बारहबिघा मैदानको सौन्दर्यकरणका लागि मधेश प्रदेश सरकारले २० करोड दिने

रेडियो गौशाला , १०८७  पटक हेरिएको

जनकपुरधाम- भगवान सीतारामको विवाहका लागि धनुषयज्ञ भएको धार्मिक, सांस्कृतिक स्थल रंगभूमि (बारहबिघा)को सौन्दर्यकरणका लागि मधेश प्रदेश सरकारले २० करोड बजेट दिने भएको छ ।

मुख्यमन्त्री (सीएम) सरोज कुमार यादवले ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलको सौन्दर्यकरणका लागि चालु आर्थिक वर्षमा नै २० करोड रुपैया उपलब्ध गराउने बताएका छन् । ‘बारह बिघा मैदानको सौन्दर्यकरणका लागि डीपीआर जनकपुरधाम उपमहानगरपालिकाले तयार गर्नेछ’ उनले भने, डीपीआर तयार भएपछि उपमहानगरपालिका मार्फत नै रकम खर्च गरिनेछ । वीरगञ्ज महानगरपालिकालाई प्रदेश सरकारले १६ करोड रकम उपलब्ध गराएको छ । पालिकाले नै सम्पूर्ण काम गर्नेगरी बजेट मात्र प्रदेश सरकारले उपलब्ध गराएको सीएम यादवले बताए ।

प्रकाशित मिति: २०२३-०३-२३ , समय : ०९:००:०६ , २ वर्ष अगाडि