उपेन्द्र र महन्थ भेटवार्ता : होला त पार्टी एकीकरण ?

रेडियो गौशाला , १३१८  पटक हेरिएको

काठमाडौं- वर्तमान सत्ता गठबन्धनसँग एकै ठाउँमा उभिएका जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेसलाई केन्द्रमा राखेर राजनीति गर्ने दल हुन् ।

पहिले एकै ठाउँमा रहेका नेताहरु २०७८ साल असार महिनामा औपचारिक रुपमा अलग भएका थिए । यसबीचमा तीनै तहका निर्वाचन सम्पन्न भए ।

यसक्रममा यि पार्टी बीचको एकताको चर्चा पटक–पटक सुनिन्थे तर, चर्चाले परिणाम दिएन । अहिले पुनः उनीहरुबीच एकताको कसरत बाक्लिएको चर्चा हुन थालेको छ ।

फर्काउनेलगायत विषयमा जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच मित्रता बढ्न थालेको चर्चा पछिल्लो समय सुनिन थालेको छ ।

यि दुई नेताहरु २०७८ असारमा औपचारिक रुपमा टुक्रिएका थिए । महन्थनले तत्कालीन केपी ओली सरकारलाई समर्थन गरेको र पार्टी कब्जा गर्न लागेको आरोप उपेन्द्र यादवले लगाएका थिए ।

त्यतिबेला राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी थियो ।

सोही पार्टी विभाजित भएर नेपाल समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर गठन भएको जसपा साढे १४ महिनापछि विभाजित भएको थियो ।

२०७७ वैशाख १० गते समाजवादी पार्टी र राजपाबीच समानताका आधारमा एकीकरण गर्ने भन्दै दुवै पार्टीबाट २६÷२६ जना राखेर केन्द्रीय कार्यकारिणी समिति बनाउन सहमति भएपछि त्यसलाई उपेन्द्रले अस्वीकार गरेकै कारण उनीहरू फुटेका थिए । टुटफुटकै कारण तीन वटै तहको निर्वाचनमा जसपा र लोसपाको जनमत कमजोर देखियो ।

मधेसमा समेत उनीहरूको उपस्थिति कमजोर रहयो । जसपालाई सीके राउत नेतृत्वको जनमत पार्टीले चुनौती दिइसकेको छ । स्वयं पार्टी अध्यक्ष उपेन्द्रलाई राउतले संघीय निर्वाचनमा पराजित गराए ।

फुटको राजनीतिले धेरै घाटा भइरहेको यस अवस्थामा मधेसमा गुमेको जनमतलाई पुनः कायम गर्न जसपा अध्यक्ष उपेन्द्रले लोसपा अध्यक्ष महन्थ ठाकुरहरूसँग वार्ता थालेका छन् ।

शुक्रबार समेत उनीहरुबीच वार्ता भएको छ । विगतका असमझदारीलाई विश्वासमा ल्याउन नेताहरू सहमति नजिक पुगेको भएपनि पार्टी एकीकरणको तहसम्मका कुरा भने अझै हुनसकेका छैनन् ।

बबरमहलस्थित लोसपाको पार्टी कार्यालयमा भएको भेटमा देशको समसामयिक राजनीतिक अवस्था, उपराष्ट्रपतिको चुनावलगायत विषयमा मात्रै कुराकानी भएकाले अहिले नै पार्टी एकीकरणको कुरा चर्चा गर्न हतार हुने बताउँछन् यि दुवै पार्टीका नेताहरु ।

ममता झालाई उपराष्ट्रपति बनाएको जनमत पार्टीसँग लोकतान्त्रिक समाजवादी पार्टीले कार्यगत एकता गरेको छ ।

लोसपा ममता झाको समर्थक र प्रस्तावकमा पनि बसेको थियो । त्यसैले पनि अहिले जसपा अध्यक्ष यादव थप दबाबमा परेको देखिनछन् महन्थलाई आफ्नो पक्षमा पार्न ।

प्रकाशित मिति: २०२३-०३-२६ , समय : ०८:२४:३४ , २ वर्ष अगाडि