फिल्म ‘छड्के २’ को प्रदर्शन मिति सार्वजनिक, ग्याङ्स्टर लुकमा देखिए अनमोल

रेडियो गौशाला , ४३३८  पटक हेरिएको

काठमाडौं : फिल्म ‘छड्के २’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको यस फिल्म फागुन १९ गते प्रदर्शनमा आउने भएको छ ।

फिल्मको पोष्टर पनि सार्वजनिक भएको छ । पोष्टरमा अनमोल लगायतका कलाकार देखिएका छन् । पोष्टरमा अनमोलको ग्याङ्स्टर लुकमा देखिएको छ ।

निगम श्रेष्ठको निर्देशन रहेको यस फिल्ममा अनमोल, रोविन तामाङ, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्म चितवन र मुस्ताङमा छायांकन गरिएको थियो ।

प्रकाशित मिति: २०२२-११-०१ , समय : १२:०३:३२ , २ वर्ष अगाडि