बैंकका कर्मचारीले बोकेको रकम लुटपाटमा संलग्न पक्राउ

रेडियो गौशाला , ३४१७  पटक हेरिएको

काठमाडौँ- ग्लोबल आईएमई बैंकमा कार्यरत कर्मचारीले बोकेको रकम लुटपाटमा संलग्न तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका वडा नम्बर १३ का जिवछ बिक, वडा नम्बर १९ सत्य नारायन मण्डल र कल्याणपुर नगरपालिका वडा नम्बर ८ का श्याम कुमार यादव रहेका छन् ।

उनीहरुले गत फागुन ११ गते मिर्चैया नगरपालिका वडा नम्बर ३ मा ग्लोबलमा काम गर्ने कर्मचारीले मिर्चैयाको ९ लाख रकम लुटपाट गरेर फरार भएका थिए । बैंकको शाखा कार्यालय कल्याणपुरतर्फ लिएर जाने क्रममा उनीहरुले पेस्तोल देखाई रकम खोजेर फरार भएको प्रहरीले जनाएको छ ।

सिरहा नगरपालिकास्थित हेमनारायण चोकमा भएको उक्त घटनामा संलग्न ३ जनालाई पक्राउ गरिएको हो । उनीहरूलाई सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २०२३-०३-२७ , समय : १०:१५:५० , १ वर्ष अगाडि