रेडियो गौशाला , ७७२ पटक हेरिएको
काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।
सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय हो।
भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ। आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १ सय ६० रुपैयाँमा बिक्री हुनेछ।
नयाँ मूल्य सोमबार राति १२ बजेपछि लागु हुनेछ।
प्रकाशित मिति: २०२३-०४-०४ , समय : ०७:१२:५४ , २ वर्ष अगाडि