रेडियो गौशाला , ९६० पटक हेरिएको

सुनसरी । नेपाल–भारत सीमाक्षेत्रमा लागूऔषध कारोबारी समूहबीच गोली हानाहान भएको छ ।
दुई समूहबीच गोली हानाहान हुँदा एक युवा घाइते भएका छन् । गोली लागेर स्थानीय २० वर्षीय अङ्कित सिंह घाइते भएका हुन् । मुखमा गोली लागेका सिंहको विराटनगरमा उपचार भइरहेको छ ।
सोमबार बिहान विराटनगरसँग सीमा जोडिएको भारतको जोगबनीस्थित टिकुलिया बस्तीमा गोली चलेको प्रहरीले जनाएको छ । लागूऔषध ओसार–पसार गर्ने समूहबीच विवाद उत्पन्न हुँदा गोली चलेको प्रहरीको भनाइ छ ।

जोगबनीबाट लागूऔषध नेपाल ल्याउने र नेपालबाट गाँजा लैजाने समूहबीच विवाद हुँदो गोली चलेको प्रहरीको भनाइ छ । विवादका क्रममा घरेलु कटुवा पेस्तोलबाट गोली चलेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।
प्रकाशित मिति: २०२३-०४-०४ , समय : १०:४७:५९ , २ वर्ष अगाडि