सिरहामा विङ्गरको ठक्‍करबाट मोटरसाइकल चालकको मृत्यु

रेडियो गौशाला , १०६३  पटक हेरिएको

सिरहा : सिरहाको धनगढीमाई नगरपालिका–७ मा हिजो विङ्गरको ठक्‍करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना युवती घाइते भएकी छिन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गोलबजार नगरपालिका–१२ बस्ने २२ वर्षीय अमरेश कुमार मण्डल रहेका छन् । उनको उपचारको क्रममा कसहा हेल्थ केयर सिरहामा मृत्यु भएको हो । घाइते भएकी मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय पार्वती देवी मण्डलको भने मेट्रो हेल्थ केयरमा उपचार भइरहेको छ ।

प्रदेश २–०१–००१ प ३९ ८२ नम्बरको मोटरसाइकललाई बा २१ च ५८४४ नम्बरको विङ्गरले हिजो साँझ सवा ६ बजे ठक्‍कर दिएको थियो । वीङ्गर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । -न्युज कारखाना

प्रकाशित मिति: २०२२-११-०१ , समय : १३:२२:३४ , २ वर्ष अगाडि