रेडियो गौशाला , ६४४ पटक हेरिएको
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको दोहोरो राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा बुधबार सुनुवाई हुने संभावना छ ।
मंगलबारका लागि पेशी तोकिए पनि न्यायाधीश अनिलकुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाई बुधबारका लागि सारिएको थियो ।
न्यायाधीश सिन्हाले संवैधानिक इजलासमा लामिछानेको नागरिकता विवादको सुनुवाइमा संलग्न रहेकाले राहदानी प्रकरणमा सुनुवाई नगर्ने बताउनु भएको थियो ।
लामिछानेविरुद्ध पासपोर्टसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल (सफल)ले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२३-०४-०५ , समय : ०८:४८:१५ , २ वर्ष अगाडि