अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे अदालतमा आत्मसमर्पण

रेडियो गौशाला , ११२७४  पटक हेरिएको

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गरेका छन्।

न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले मंगलबार म्यानहटन फौजदारी अदालतमा आत्मसर्मण गरेका हुन्।

आत्मसर्पण गरेका ट्रम्पलाई हत्कडी भने लगाइएन। उनलाई केहीबेर हिरासतमा राखिएको थियो। त्यसपछि उनीविरूद्ध लगाइएका मुद्दाहरूको सुनुवाइ सुरू भएको थियो।

उनीविरूद्ध ३४ मुद्दा दर्ता भएका छन्। अमेरिकामा पूर्वराष्ट्रपतिविरूद्ध यति धेरै मुद्दा लागेको पहिलो घटना हो।

मंगलबार अदालत उपस्थित भएका ट्रम्पले भने आफूविरूद्ध लगाइएका सबै मुद्दाहरु अस्वीकार गरेका छन्।

सन् २०१६ को राष्ट्रपति निर्वाचनमा पोर्न स्टार स्ट्रोमी ड्यानियल्ससँग ट्रम्पको गोप्य सम्बन्ध रहेको विषय बाहिरिएको थियो। उक्त विषयमा चुप रहन १ लाख ३० हजार अमेरिकी डलर दिएको विषयमा ट्रम्पविरूद्ध अनुसन्धान भएको थियो।

उक्त घटनाको अनुसन्धानपछि म्यानहटन ग्रान्ड ज्यूरीले ट्रम्पविरूद्ध अन्य ३४ मुद्दा लगाएको हाे।

७६ वर्षीय ट्रम्पविरूद्ध ह्वाइटहाउसबाट महत्वपूर्ण कागजपत्र गायब गरेको, अवैध रूपमा सम्पत्ति जोडेको, चुनावी परिणाम अस्वीकार गर्दै ह्वाइट हाउसमा आक्रमण गराएकोलगायत विभिन्न मुद्दा लगाइएको छ।

ट्रम्पले भने यी सबै मुद्दाहरू नियोजित रहेको भन्दै अस्वीकार गरेका छन्।

प्रकाशित मिति: २०२३-०४-०५ , समय : ०८:४९:५२ , १२ महिना अगाडि