रेडियो गौशाला , ४६५९ पटक हेरिएको
अजय साह, गौशाला । गौशाला नगरपालिकाका नगर प्रमुख डा.दिपेन्द्र महतोले गौशाला नगरपालिकामा १५ सैयाको तीन तल्ले अस्पताल भवनको शिलान्यस गरेको छ ।
आज सोमाबार एक कार्यक्रमका बीच मेयर महतोले गौशाला नगरपालिका ४ जिरोमाइल स्थित अस्पताल भवनको शिलान्यस गरेको छ ।
संघ सरकारको अनुदानमा निर्माण हुने लागेको भवनमा अपरेसन सेवा, भिडियो एक्सरे, ल्याव, ईसिजि, डिलेभरी, लिफट सेवा सहितको सुविधा सम्पन्न अस्पताल भवन निर्माण हुने मेयर महतोले बताए । १२ करोड ४९ लाख ७९ हजार ३१ रुपैया १२ पैसाको लागतमा निर्माण हुन लागेको उक्त भवनको निर्माण ठेक्का श्री नमुना कन्ट्रक्सन प्रा.लि. विराटनगरले ठेक्का लिएको छ ।
प्रकाशित मिति: २०२३-०४-१७ , समय : १०:३८:४२ , १ वर्ष अगाडि