रेडियो गौशाला , ८७६२ पटक हेरिएको
बिबेक कुमार महतो, गौशाला । सर्लाहीको लालबन्दी स्थित मालबाहक १० चक्के ट्रकको ठक्करबाट मोटरसाईकलमा सबार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक महोत्तरी गौशाला नगरपालिका–११, भरतपुर बस्ने वर्ष २९को श्रवण कुमार महतो र पछाडी बस्ने उनका भतिजा वर्ष १२ को विक्रम कुमार महतो रहेको प्रहरीले जनाएको छ ।
बिहिबार बिहान ७ बजेतिर पश्चिमबाट पूर्वतर्फ गईरहेको ना. ३३ प ७५१३ नम्बरको मोटरसाईकललाई प्र. २–०३–००१ख ८१५ नम्बरको ट्रकले लालबन्दी नगरपालिका स्थित महेन्द्र राजमार्गको कालिञ्जोर खोलाको पूलदेखि केही पश्चिम ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक श्रवण र पछाडी सबार विक्रमको घटनास्थलमै मृत्यु भएको हो । मृतकद्वयको दुबैजनाको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब उपरीक्षक शान्तराम कार्कीले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार नियन्त्रणमा रहेका ट्रक चालकले मोटरसाईकलले ओभरटेक गर्ने क्रममा आफै चक्कामा परेको बताएपनि विस्तृतमा अनुसन्धान भईरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-२० , समय : १२:३२:१७ , १ वर्ष अगाडि