गरीबसंग विशेश्वर कार्यक्रमलाई निरन्तरता दिइने

रेडियो गौशाला , १९४२  पटक हेरिएको

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका मेयर गरीबसंग विशेश्वर कार्यक्रमका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थामा बुधबार आयोजित समूह गठन तथा अभिमुखीकरण कार्यक्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका छन् ।

विगत पाँच वर्षदेखि तात्कालीन कुर्था गाविस तथा हाल जउनपा–२१मा गरिबसंग विशेश्वर कार्यक्रम पुर्नसंचालनकालागि जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा विभिन्न शीर्षकमा गरी साढे पाँच लाख बजेट विनियोजन गर्ने जानकारी समेत मेयर साहले गराए । गरि बसंग विशेश्वर कार्यक्रमलाई निरन्तरता दिनु पर्ने र कार्यक्रमको उपलब्धिबारे समेत समय समयमा अनुगमन गर्न संयन्त्र बनाउनु पर्ने आवश्यकता रहेको बताउँदै यस तर्फ पनि ठोस पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । नेपाल सरकारले २ लाख पचास हजार रुपियाँ शशर्त अनुदानमा दिएको र जनकपुरधाम उपमहानगरपालिकाले समूह गठन,अभिमुखीकरण,क्षमता विकास तालिम,लेखा व्यवस्थापन तालिम तथा आर्य आर्जनलगायतको शीर्षकमा काम गर्न चार लाख रकम विनियोजन गरिएको उनले बताए ।

कुर्था सम्म रेलसेवा संचालन भएर जनकपुरधाम सम्मको बजार सम्म सामान पु¥याउन सजिलो भएको बताउँदै समूहमा आवद्ध महिलाहरुले आर्यआर्जनका लागि तरकारी खेतीलगायतको नगदेबाली उत्पादन गर्न सक्ने सुझाव समेत दिए । गरिब÷विपन्नहरुको आर्थिक उत्थानकै लागि गरिबसंग विशेश्वर कार्यक्रम ल्याइएकोले सोको उद्देश्य पूरा गर्न ईमान्दारिका साथ काम गर्न उनले समूहलाई सुझाव दिँदै उनले भने,‘काम जे सुकै गरे पनि स्वरोजगार सृजना हुन सक्नु प¥यो आवद्ध महिलाहरु लाभान्वित हुनु प¥यो।’ कार्यक्रम सहजीकरण गरेका सामाजिक परिचालक अशोक दासले कुर्थामा अहिले ८६ जना महिलाहरु गरिब संग विशेश्वर कार्यक्रमसंग आवद्ध रहेको जानकारी दिए । विभिन्न सात वटा समूह निर्माण गरिएको उनले बताए ।

सो उनले विगतमा यस कार्यक्रम मार्फत साबुन निर्माण,अगरबत्ति निर्माण लगायतको साना उद्योग संचालन गरेर दर्जनौ विपन्न महिलाहरु लाभान्वित भएकोले यस कार्यक्रमको निरन्तरताको लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए । समूहमा आवद्ध भएका महिलाहरुलाई अध्ययन भ्रमणका लागि समेत डेढ लाख रकम जनकपुरधाम उपमहानगरपालिकाले विनियोजन गरेको उनले जानकारी दिए । सामाजिक परिचालक दासकाअनुसार समूहमा आवद्ध महिलाहरुको जीवनमा आर्थिक परिवर्तन ल्याउन गरिबसंग विशेश्वर कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताए ।

कार्यक्रमा पूर्व पशु सेवा कार्यालय धनुषाका प्रमुख ईन्द्रकान्त झाले गरिब विपन्नको आयआर्जनको लागि पशुपालन पनि गर्न सक्ने सुझाव दिए । मधेश प्रदेशमा अझै पनि एक सयमा २० जना गरिब रहेको तथ्यांकहरुले देखाएको भन्दै यस्तो कार्यक्रमलाई उपमहानगरपालिकाले निरन्तरता दिनु पर्ने र बजेटमा समेत वृद्धि गर्नु पर्ने धारणा राखे । कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका सदस्य महेन्द्र महातो ,जउनपा–२१ कुर्थाका वडाअध्यक्ष राजु साह,नागरिक समाजका अगुवा रामह्रदय मण्डल,सामाजिक परिचालक रामअधिन साह,रामबाबु साह,लक्ष्मण दासलगायतका व्यक्तिहरुले आ–आफ्नो मनतव्य राखेका थिए ।

प्रकाशित मिति: २०२३-०४-२७ , समय : ०८:१५:२४ , १ वर्ष अगाडि