रेडियो गौशाला , १८५५८ पटक हेरिएको
पुर्वेश ठाकुर, बिराटनगर । कोसी प्रदेशको राजधानीमा रहेका रहेका सरकारी इन्जिनियरिङ्ग क्याम्पसमा अनिश्रितकालीन तालाबन्दी भएको छ ।
पुर्वाञ्चल विशवविधालयको आंगिक रहेको पुर्वाञ्चल विशवविधालय स्कुल अफ इन्जिनियरिङ्ग क्याम्पसमा पढाइको वातावरण मिलाउने लगायत ३ बुंदे मागहरु सहित अखिल (त्रान्तिकारी) द्धारा तालाबन्दी गरिएको हो ।
पुर्वाञ्चल विशवविधालय स्कुल अफ इन्जिनियरिङ्ग संकाय अन्तर्गत BE(civil,electrical,Computer, & E&C)
मा लिइएको भर्नामा गरिएको दुइ पक्षिय समझौताको बुदा न. २ मा गरिएको शैक्षिक भ्रमणमा खर्च गर्नु पर्ने विषयमा लाग्ने आवास र खाना खर्च विदयर्थी आफले गर्नुपर्ने जस्ता निर्णय झुकक्याएर गरिएको सहमति तत्काल खारेज गरी पहिला जस्तै यथावत राखनुपर्ने । , शिक्षकको लागि लिइएको विज्ञापनलाइ तत्काल जारी गरी क्याम्पस परिसद भित्र विदयार्थीलाइ पढने वातावरण तत्कालै गराउने । र क्याम्पस प्रशानषण र अखिल (त्रान्तिकारी) विच गरिएको सम्पुर्ण पर्व सहमतिहरु तत्काल कार्यनयण गर्नुपर्ने ।
मागँहरु सहित अखिल (त्रान्तिकारी) का पुसोइ अध्यक्ष अभिनव यादवको समुहले तालाबन्दी गरदै आफना जायज माँगहरु प्रति उदासिनता देखाए सो अवस्थाबाट उतपन्न हुन सक्ने क्षेतिको जिम्मेवार क्याम्पस स्वय हुने चेतावनी समेत दिएका छन् । अखिल (त्रान्तिकारी) ले गरेको अनिश्रितकालीन तालाबन्दीका कारण पुसाइका नियमित पठनपाठन समेत अवरुद्ध भएका छन् ।
प्रकाशित मिति: २०२३-०४-२७ , समय : ०९:५३:५५ , १ वर्ष अगाडि