बिष्णु यादब,महोत्तरी , २२३७९ पटक हेरिएको
नबिल बैंकको शाखा महोत्तरीको ब्यापारी केन्द्र गौशालामा सञ्चालनमा आएको छ । नेपालभरी एकैसाथ ३८ वटा नया शाखा अन्तरगत बिहिबार गौशाला शाखाको पनि औपचारीक रुपले समुदघाटन गरीएको छ ।
२०४१ साल असार २९ गते स्थापना गरीएको उक्त बैंकको अहिले नेपालभरी जम्मा २ सय ५५ वटा शाखा र १ सय ८३ वटा एटिएम सञ्चालनमा रहेको गौशाला शाखाका शाखा प्रमुख अन्जन धितालले बताउनु भयो । ३८ वटा नया शाखा अन्तरगत मधेश प्रदेशमै जम्मा आठवटा शाखा परेको पनि उहाले बताए ।
गौशाला शाखाको उदघाटन समारोहका प्रमुख अतिथी रहनुभएका नगर प्रमुख डा.दिपेन्द्र महतोले कुनैपनि ठाउँको बिकाशका लागी अस्पताल,शैक्षिक संस्था र बैंकको आबस्यकता अनिबार्य रहेको हुदा ढिलै भएपनी नबिल बैंकले यहाँ शाखा खोलेको भन्दैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैै आभार प्रकट गरे । साथै नगर प्रमुख महतोले हालै जिल्लाको महोत्तरी गाउँपालिकामा दिनदहाडै एनएमबि बैंकमा भएको डकैती जस्ता घटनाबाट सचेत भई सर्बसाधारणहरुलाई सर्बसुलभ रुपमा सेवादिन आग्रह समेत गर्नुभयो ।
प्रकाशित मिति: २०२३-०६-०१ , समय : १२:२१:१८ , २ वर्ष अगाडि