सुनचाँदीको मूल्य बढ्यो

रेडियो गौशाला , १०९४  पटक हेरिएको

काठमाडौँ : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

मंगलबारको कारोबारका लागि छापावाल सुनको मूल्य ९३ हजार १ सय, तेजावी सुनको मूल्य ९२ हजार ६०० र चाँदीको मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ निर्धारण गरिएको छ ।

सोमबार छापावाल सुनको मूल्य ९३ हजार र चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २०२२-११-०१ , समय : १३:५८:२४ , २ वर्ष अगाडि