रेडियो गौशाला , ३४९४ पटक हेरिएको
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलको प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलको १४ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
निगमले आज मध्यरातिदेखि लागू हुनेगरी मूल्यवृद्धि गर्ने निर्णय गरेको जनाएको छ ।
आजै भारतीय आयल कर्पोरेसनबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः प्रतिलिटर ३.८५ र ११.२५ रुपैयाँ वृद्धि भएर आएको थियो । पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्यप्रणाली कार्यविधिअनुसार मूल्य समायोजन गरिएको हो ।
जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर काठमाडौंमा १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेलको १६७ रुपैयाँ पर्ने भएको छ ।
सोहीअनुसार निगमले परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरेर नयाँ मूल्य कायम गरेको विज्ञप्तिमार्फत जनाएको छ।
प्रकाशित मिति: २०२३-०८-१६ , समय : ०२:४२:०८ , १ वर्ष अगाडि