उद्योग समितिको सभापतिमा जनमतको उम्मेदवार अब्दुल खान

रेडियो गौशाला , ६३८  पटक हेरिएको

काठमाडौं- जनमत पार्टीले उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खानलाई उम्मेदवार बनाउने भएको छ ।

प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ । बिहान ११ बजेदेखि अपराहृन ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागबन्डा अनुसार उद्योग समिति जनमतले पाएको छ । जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार खानलाई सभापतिको उम्मेदवार बनाउने सहमति भएको छ ।

यो समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गणेश पराजुलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति: २०२३-०८-२७ , समय : २२:१३:३८ , ८ महिना अगाडि