प्रधानमन्त्री देउवा चुनावी प्रचारका लागि अब डडेलधुरा केन्द्रीत हुने ।।

रेडियो गौशाला , ७२२  पटक हेरिएको

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाअब आफ्नो निर्वाचन क्षेत्र डडेलधुरा केन्द्रीत हुनुहुने भएको छ । उहाँले आफ्नो निर्वाचन प्रचारप्रसारको लागि गृह जिल्ला डडेल्धुरामा चार दिन बिताउनुहुने भएको हो । प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका देउवाले कात्तिक १७ देखि २० गतेसम्म जिल्लाका विभिन्न स्थानमा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभाका उम्मेदवार गोविन्द बोहराले जानकारी दिनुभयो । सार्वजनिक तालिकाअनुसार १७ गते अमरगढी बसपार्कमा आयोजित सभालाई देउवाले सम्बोधन गर्नुहुने छ । कात्तिक १८ गते नवदुर्गा र गन्यापधुरा, १९ गते अजयमेरु र भागेश्वर तथा २० गते आलिताल र परशुराममा देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको बोहराले बताउनुभयो ।

प्रकाशित मिति: २०२२-११-०१ , समय : १७:५०:४८ , २ वर्ष अगाडि