नापी अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रेडियो गौशाला , २७०२  पटक हेरिएको

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरकारी कागजात हेरफेर एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा नापी कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरी र तत्कालीन मालपोत अधिकृत अम्बिका प्रसाद नेपालसमेत ७ जनासवरुद्ध मुद्दा दायर गरिएको हो ।

कर्मचारीसँग सेटिङ गरी टिकाथली गा.वि.स. वडा नम्बर ६ को कित्ता नं. १६९९ र १७०१ लाई कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल टायल चेक गरी बढी कायम गरेको अख्तियारको ठहर छ ।

प्रकाशित मिति: २०२३-०८-२८ , समय : ०६:०५:३१ , ९ महिना अगाडि