एसिया कप क्रिकेट– आज भारत र पाकिस्तान भिड्दै

रेडियो गौशाला , २१२४  पटक हेरिएको

काठमाडौं । एसिया कप अन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन् । नेपाललाई पराजित गरेर पाकिस्तान भारतसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो भने भारत पहिलो खेलमा नै चिर परिचित प्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्न आईपुगेको हो ।

श्रीलंकाको क्याण्डी मैदानमा शुरु हुने सो खेल नेपाली समयअनुसार दिउँसो ३ः १५ बजेवाट शुरू हुनेछ ।
एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि प्रतिद्वन्द्वी भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि श्रीलंकामा सँग प्रतिस्पर्धा हुन लागेको हो ।

एसिया कपमा अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देश सहभागी छन् ।

यस्तै, एसिया कप क्रिकेटको हरेक खेल रेडियो गौशाला ९३.६ मेगाहर्जरेडियो गौशालाको आधिकारीक फेसबुक पेजबाट लाईभ हुने छ ।

प्रकाशित मिति: २०२३-०९-०२ , समय : १२:०३:०६ , १० महिना अगाडि