रेडियो गौशाला , ३२३९ पटक हेरिएको
गौशाला- महोत्तरीको गौशाला सम्सी सडक खण्ड अन्तर्गत गौशाला रेड देखि सम्सी सम्म दुर्घटना न्यूनीकरण जनचेतनामूलक होर्डिङ बोर्ड स्थापना गरेको छ ।
रि–स्टार प्रेस गौशालाको आयोजना र विभिन्न व्यक्तिहरुको सहयोगमा गौशाला रेड देखि सम्सी सम्मको विभिन्न २० स्थानमा दुर्घटना न्यूनीकरण जनचेतनामूलक होर्डिङ बोर्ड स्थापना गरेको हो । शनिबार एक कार्यक्रमको आयोजना गरि सो–होर्डिङ बोर्ड स्थापना गरिएको हो ।
कार्यक्रमको सम्बोधन गर्दै गौशाला नगरपालिकाको नगर प्रमुख डा. दिपेन्द्र महतोले भने “दुर्घटना हुनुमा ट्राफिक भन्दा बढी दोषी हामी स्वयं रहेको” बताएका छन् । मेयर महतोले गौशाला नगरपालिकामा ट्राफिक नियमको अनिवार्य कडा रुपमा सबैजनाले पालना गर्नुपर्ने कुरामा जोड दिदै सबैलाई गति सिमित गरेर सचेतता पुर्वक सवारी साधन चलाउन आग्रह गरेका छन् ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख मनोज यादव, जिल्ला ट्राफिक कार्यालय महोत्तरीका प्रमुख रामभक्त भट्टराई, जनप्रतिनिधिहरु, विभिन्न संचारकर्मी, शिक्षकहरु लगायत विभिन्न जनसमुदायको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२३-०९-०२ , समय : २१:१५:१८ , १ वर्ष अगाडि