ब्राजिलको राष्ट्रपतिमा सिल्वा निर्वाचित भएपछि विरोध सुरु ।।

रेडियो गौशाला , ९३२  पटक हेरिएको

ब्राजिलको राष्ट्रपतिमा लूला डी सिल्वा निर्वाचित भएपछि विरोध सुरु भएको छ । ब्राजिलका निवर्तमान राष्ट्रपति जाएर बोलसोनारोका समर्थकहरूले नव निर्वाचित राष्ट्रपति सिल्वाको विरोधमा प्रदर्शन सुरु गरेका हुन् । निर्वाचनमा ५० दशमलव ९ प्रतिशत र बोलसोनारोले ४९ दशमलव १ प्रतिशत मत प्राप्त गरेका थिए । सिल्वाको जितपछि बोलसोनारोका समर्थकहरूले विभिन्न सडकखण्ड अवरुद्ध गरेका छन् भने सवारीसाधनमा आगजनी गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसार ब्राजिलको सङ्घीय राजमार्गका ३ सय २१ स्थानमा प्रदर्शन गरेका छन् भने २६ राज्यमा पूर्ण वा आंशिक रुपमा सडकमार्ग बन्द गरिदिएका छन् ।

प्रकाशित मिति: २०२२-११-०१ , समय : १७:५४:३५ , २ वर्ष अगाडि